News Griha :: न्यूजगृह
एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित,  भुटान ८ विकेटले पराजित

काठमाडौं— एसीसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो ।

नेपालको जितमा सीता रानामगरले नटआउट ३२ रन र रुबिना क्षेत्रीले नटआउट १७ रन बनाए । सीताले ३७ बलमा २ चौका र १ छक्का तथा रुबिनाले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

नेपालकी ओपनर कविता कुँवर ५ रन र कप्तान इन्दु बर्मा १ रनमै आउट भएका थिए । कवितालाई भुटानकी अञ्जु गुरुङ र इन्दुलाई अञ्जुली घलेले आउट गरेका थिए । त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाएर ६५ रन जोड्यो ।

woman-cricket-team-nepal-1-1707624739.jpg
भुटानका लागि ओपनर नवाङ छोडेनले नेपालकी कप्तान इन्दुबाट बोल्ड हुनुअघि ५० बलमा २५ रन जोडिन् । यस्तै छिरिङ जाङमोले १६ रन र डेचेन वाङमोले १७ रन जोडे । 

नेपालका कप्तान इन्दुसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १/१ विकेट लिए । समूह 'डी' मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो । 

नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ । समूहका शीर्ष दुई टीम क्वार्टरफाइनलमा पुग्नेछन् ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:५७
Weather Update