News Griha :: न्यूजगृह
प्रिमियर लिग: लिभरपुल शीर्षमा फर्कियो

काठमाडौं— लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायमै छ । गएराति भएको खेलमा उसले बर्नलीलाई ३–१ ले हरायो ।  उसका लागि डिएगो जोटाले पहिलो गोल गरेयता रेलिगेसनबाट बच्न संघर्षरत बर्नलीका लागि डारा ओसले बराबरी गोल फर्काए । लिभरपुलका लुइस डियाज र डारविन नुनेजले गोल गरे । 

गएराति नै भएको खेलमा  डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले एभरटनलाई २–० ले हराएर शीर्षमा उक्लेको थियो । यद्यपि सिटीले एक खेल कम खेलेको छ ।  लिभरपुलको २४ खेलबाट ५४ अंक भएको छ भने २३ खेल खेलेको सिटीको ५२ अंक छ । 

अन्य खेलमा फुलहमले बर्नमाउथलाई ३–१, सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३–१, टोटनहमले ब्राइटनलाई २–१, ब्रेन्टफोर्डले उल्भ्सलाई २–० ले न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ ले हरायो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०६:५५
Weather Update