News Griha :: न्यूजगृह
आममाफी विवादमा परेपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा  

काठमाडौं— हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन् । बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले शनिबार राजीनामा दिएकी हुन् । 

हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त घटनालाई लुकाउन भूमिका खेलेको अभियोगमा उनका सहयोगीलाई पनि जेल सजाय सुनाएको थियो । 

गत वर्षको अप्रिलमा पोप फ्रान्सिसको हंगेरी भ्रमणको अवसरमा राष्ट्रपति नोभाकले ती व्यक्तिसहित दुई दर्जनलाई माफी दिएको एसोसिएट प्रेसले उल्लेख गरेको छ ।

जघन्य अपराधका मतियारलाई आममाफी दिएपछि हंगेरीमा एक साता अघिदेखि राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन भएको थियो ।
चर्को आलोचनापछि उनले शनिबार माफी माग्दै पदबाट राजीनामाको घोषणा गरेकी हुन् ।

‘म बाट गलत काम भएछ । माफी माग्दै पदबाट राजीनामा दिएको घोषणा गर्छु,’ शनिबार टेलिभिजन सम्बोधनमा उनले भनिन् । नोभाक हंगेरिकी पहिलो महिला राष्ट्रपति हुन् ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:३०
Weather Update