News Griha :: न्यूजगृह
म देश बिग्रियो भनेर अमेरिका आएको होइन : रेखा थापा [कुराकानी]
म देश बिग्रियो भनेर अमेरिका आएको होइन : रेखा थापा [कुराकानी] अरुले भन्दा रिस उठेको थिएन । किनकी उनीहरूले मलाई माया गरेर, केयर गरेर भनेको बुझेको छु । म प्रति उहाँहरूले देखाएको माया र आश हो त्यो । तर नेता भएको मान्छेले एउटा नारीको विषयमा त्यसरी बोल्दा चाहिँ मलाई रिस उठ्यो । म देश बिग्रियो भनेर अमेरिका आएको होइन । नेपाल...
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् । नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ । 
बाघको आक्रमणबाट एकै गाउँका १९ खसीबाख्रा मरे
बाघको आक्रमणबाट एकै गाउँका १९ खसीबाख्रा मरे आइतबार घर नजिकै पाखामा चराउन छाडेका खसी बाख्रालाई बाघले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए । उनका अनुसार स्थानीय डम्बर बहादुर बम्जनको ११ वटा खसीबाख्रा बाघले मारेको छ । यस्तै, सोही ठाउँकी कान्छिमाया भोम्जनको ५ र गंगाराज भोम्जनको तीनवटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।
पेचिलो बन्दै अरुण चौधरीको रिहाइ, गृहमन्त्री नै रुष्ट
पेचिलो बन्दै अरुण चौधरीको रिहाइ, गृहमन्त्री नै रुष्ट बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार रिहा भएको घटना पेचिलो बन्दै गएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माघ १८ गते काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेशअनुसार गत बुधबार छुटेका थिए । 
सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो । आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार...
अरुण चौधरीलाई 'दुई दिनभित्र' रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा
अरुण चौधरीलाई 'दुई दिनभित्र' रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए । 
अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?
अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति? फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन्...
साउदी अरबमा रक्सी बनाएर बेच्ने ४ सय नेपाली जेलमा
साउदी अरबमा रक्सी बनाएर बेच्ने ४ सय नेपाली जेलमा साउदी अरबमा अवैध रुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ । 
धारिलो वस्तु प्रहार गरि साथीको हत्या गर्ने पक्राउ
धारिलो वस्तु प्रहार गरि साथीको हत्या गर्ने पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।
माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, हत्याएका थिए १५ बिघा सरकारी जग्गा
माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, हत्याएका थिए १५ बिघा सरकारी जग्गा नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र उनकी श्रीमती केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । 
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम? 
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम?  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 
सुन तस्करी जाँचबुझ आयोगले लियो दिपेश पुनसँग बयान
सुन तस्करी जाँचबुझ आयोगले लियो दिपेश पुनसँग बयान सुन तस्करीबारे जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर आइतबार बयान लिएको हो । दावा भने काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।
Weather Update