News Griha :: न्यूजगृह
साउदी अरबमा रक्सी बनाएर बेच्ने ४ सय नेपाली जेलमा

काठमाडौं — साउदी अरबमा अवैध रुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । 

रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ । 

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्यांक छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका साउदीस्थित नेपाली दूतावासका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन् । तर वास्तविक संख्या त्योभन्दा पनि धेरै हुनसक्ने आकलन गरिएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:३६
Weather Update