News Griha :: न्यूजगृह

काठमाडौं— मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छन् । बकैया गाउँपालिका– ६ स्थित सुधामा चरण क्षेत्रमा बाघको आक्रमणबाट तीन जना कृषकका १९ वटा बाख्रा र खसी मरेका छन् । 

आइतबार घर नजिकै पाखामा चराउन छाडेका खसी बाख्रालाई बाघले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए । उनका अनुसार स्थानीय डम्बर बहादुर बम्जनको ११ वटा खसीबाख्रा बाघले मारेको छ । यस्तै, सोही ठाउँकी कान्छिमाया भोम्जनको ५ र गंगाराज भोम्जनको तीनवटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।

‘घर नजिकैको पाखामा चरनका लागि खसीबाख्रा छोड्ने गरेका थिए,’ वडाध्यक्ष भोम्जनले थपे, ‘सोही बेलामा बाघले तीन घरको १९ वटा बाख्रा र खसी मारेछ । सबै बाख्राहरूको गर्धनमा आक्रमण भएको पाइएको छ,’ वडाध्यक्ष भोम्जनले भने । आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन तर, १९ ओटा खसीबाख्रा मर्दा किसानहरूको लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:००
Weather Update