News Griha :: न्यूजगृह
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं— तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् । 

नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:२०
Weather Update