यी हुन् भगवान गणेशको पूजा गर्ने १०८ मन्त्र मंगलबार, फागुन १, २०८०

आज मंगलबार गणेशको पूजाआराधना गर्ने दिन मंगलबार, फागुन १, २०८० हिन्दु धर्मावलम्बीले मंगलबार गणेश भगवानको पूजा गर्दछन्। ज्योतिषशास्त्र अनुसार मंगलबारलाई भगवान गणेशको बारका रुपमा मानिन्छ।मंगलबारका दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिनको व्रतमा बिहानको खाना खान नहुने र साँझमा नुन खान नहुने मान्यता छ।

कसरी सुरु हुन्छ तपाईंको आज? हेर्नुहोस् राशिफल मंगलबार, फागुन १, २०८० कस्तो छ तपाईंको आजको दिन? राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ।

दुर्गा प्रसाईँको शक्ति प्रदर्शन, ७ रुटबाट जुलुस निस्कने सोमबार, माघ २९, २०८० गत मंसिर ७ को कार्यक्रममा काठमाडौंको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईँले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन् । कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन् । यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो । अहिलेको कार्यक्रम सभामा केन्द्रित छ ।

मेनुका पौडेलको परिश्रम र योग्यताले नेपालीको शिर उच्च बनायो : राष्ट्रपति सोमबार, माघ २९, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् ।

नेपालीको खर्च बढ्यो, औसत प्रतिव्यक्ति उपभोग खर्च १ लाख २६ हजार रुपैयाँ पुग्यो सोमबार, माघ २९, २०८० नेपालीको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च बढेको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० ले यस्तो देखाएको हो । सर्वेक्षणको नतिजाअनुसार २०६६/६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९ सय २ रुपैयाँ रहेकोमा हाल १ लाख २६ हजार १ सय ७२...

फिल्म ‘तेल भिसा’को अडिसन आव्हान, यसरी दिन सकिन्छ आवेदन सोमबार, माघ २९, २०८० फिल्म ‘तेल भिसा’ले अडिसन आव्हान गरेको छ । विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङको अभिनय रहने फिल्मले बाँकी कलाकार छनोटका लागि अडिसन आव्हान गरेको हो ।

२० प्रतिशत नेपाली अझै गरिबीको रेखामुनि, यी चार प्रदेशमा गरिबीको दर बढी सोमबार, माघ २९, २०८० नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ ।

एपीएफ स्कुलको आयोजनामा भइरहेको फुटबल प्रतियोगितामा प्रिक्वार्टरफाइनलका खेल सुरु, यी विद्यालय अघिल्लो चरणमा प्रवेश सोमबार, माघ २९, २०८० प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको पहिलो प्रिक्वार्टरफाइनलको खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर, मनकामना सेकेन्डरी स्कुल जोरपाटी, नेपालय इङ्गलिस पब्लिक स्कुल जोरपाटी र जेम्स स्कुल धापाखेल विजयी भएका छन् ।

सर्वोच्चले खारेज गरेको ‘जनयुद्ध दिवस’मा लिम्चुङबुङ गाउँपालिकाले बिदा दिने सोमबार, माघ २९, २०८० फागुन १ गते ‘जनयुद्ध दिवस’ का अवसरमा भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारले उक्त दिन बिदा दिने निर्णय गरेको थियो । बिदा दिने सरकारको उक्त निर्णय विवादित बनेको थियो ।

एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ सोमबार, माघ २९, २०८० यसैगरी पक्राउ पर्ने अन्यमा ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवी छन् । गाँजा ओसारपसारमा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारतको बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकितकुमार यादव, राजा जैसवाल,...
![अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट [पूर्णपाठसहित]](https://newsgriha.com/uploads/posts/dr-mahat-1-1707736916.jpg)
अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट [पूर्णपाठसहित] सोमबार, माघ २९, २०८० सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ) घटाएका हुन् ।लक्ष्यअनुरूप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री...

क्यानडाविरुद्व नेपाल ९ विकेटले विजयी सोमबार, माघ २९, २०८० यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्विप गरेको छ । नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो । तर अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो ।...








