News Griha :: न्यूजगृह
आज मंगलबार गणेशको पूजाआराधना गर्ने दिन

हिन्दु धर्मशास्त्रमा बार अनुसार विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ। आज मंगलबार भगवान गणेशको पूजाआराधना गर्ने दिन हो। 

हिन्दु धर्मावलम्बीले मंगलबार गणेश भगवानको पूजा गर्दछन्। ज्योतिषशास्त्र अनुसार मंगलबारलाई भगवान गणेशको बारका रुपमा मानिन्छ।

मंगलबारका दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिनको व्रतमा बिहानको खाना खान नहुने र साँझमा नुन खान नहुने मान्यता छ।

गणेश पूजा विधि
धर्म शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा (प्रदक्षिणा) पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ। तपाईंलाई आवश्यक पर्ने पूजा विधिको केही विस्तृत रुप तल उल्लेख गरिएको छ। 

संकल्प:
संकल्प गर्नुपूर्व हातमा जल, फूल वा अक्षता लिनुहोस्। सकंल्प जुन दिन पूजा गर्नुहुन्छ त्यो वर्ष, त्यो वार, तिथि त्यो ठाउँमा आफ्नो नाम लिएर आफ्ना इच्छाहरु प्रकट गर्नुपर्छ। त्यसपछि हातमा लिएको जल जमीनमा छर्किनुपर्छ।

आह्वान:
ॐ गं गणपतये नमः आव्हानयामि स्थापयामि। मन्त्र जपेर गणेशको मूर्तिमा अक्षता चढाउनुपर्छ। आह्वानको अर्थ गणेशलाई आफ्नो घरमा बोलाउनु हो।

आसन
भगवान गणेशलाई आह्वान गरिसकेपछि ॐ गं गणपतये नमः आसनार्थे पुष्पाणि समर्पयामि। मन्त्र जप्दै आसनको ठाउँ दिनुपर्छ। आसनको अर्थ आह्वान गरिएका गणेशलाई आफ्नो पूजाघरमा बस्ने ठाउँ दिनु हो।

पाद्यं (भगवान गणेशका पाउ धुनु)
ॐ गं गणपतये नमः पादयोः पाद्यं समर्पयामि। मन्त्र जप्तदै आफ्नो पूजा कोठामा राखिएको भगवान गणेशको मूर्तिमा जलले धुनुहोस्।

अर्घ (हात धुनु )
आचमनीमा जल, पुष्प, अक्षता लिएर ॐ गं गणपतये नमः हस्तयोस् अघ्र्यं समर्पयामि। मन्त्र जप्दै मूर्तिको हात धुनुपर्छ।

आचमन (मुख शुद्ध पारिनु)
ॐ गं गणपतये नमः आचमनीयम् जलं समर्पयामि मन्त्र जप्तै आचमनका लागि जल छर्किनुपर्छ। आचमनको अर्थ हुन्छ मुख शुद्ध गर्नु हो।

पंचामृतले स्नान
ॐ गं गणपतये नमः पंचामृतस्नानं समर्पयामि। मन्त्रोच्चारण गर्दै पंचामृत से भगवान गणेशको मूतिलाई नुहाउनुपर्छ। पंचामृतमा दूध, दही, घ्यू, मह र शक्करको मिश्रण पर्छन्। यी पाँच चिजको मिश्रणले भगवान गणेशलाई नुहाउनुपर्छ।

शुद्ध जलले स्नान
ॐ गं गणपतये नमः शुद्धोदकस्नानं समर्पयामि। मन्त्र जप्तै गणेशलाई शुद्ध जलले स्नान गराउनुपर्छ।

वस्त्र समर्पण
ॐ गं गणपतये नमः वस्त्रोपवस्त्रम् समर्पयामि। मन्त्रोच्चारण गर्दै वस्त्र अर्पित गर्नुपर्छ।

गन्ध समर्पण
ॐ गं गणपतये नमः गन्धं समर्पयामि। चंदन, रोली, हल्दी, मेहन्दी, अष्टगंध इत्यादिको सुगंधितसहित केही दक्षिण अर्पण गर्नुपर्छ।

पुष्प अर्पित
ॐ गं गणपतये नमः पुष्पं समर्पयामि। मन्त्र जप्दै भगवान गणेको प्रतिमा तथा मूर्तिमा फूल चढाउनुपर्छ।

अक्षता अर्पित
ॐ गं गणपतये नमः अक्षताम् समर्पयामि। मन्त्र जप्दै भगवान गणेशको पूजाका लागि बनाइएको अक्षता अर्पण गर्नुपर्छ।

धूपले पूजा
ॐ गं गणपतये नमः धूपम् आघर्पयामि। मन्त्र जप्दै धूप, अगरबत्तीले पूजा गर्नुपर्छ। हातमा दीप तथा धूप लिएर गणेशको पूजा गर्नुपर्छ।

दीप देखाउनु
ॐ गं गणपतये नम दीपम् दर्शयामि। मन्त्र जपेर दियोले पनि गणेशको पूजा गर्नुपर्छ। हातमा दीप लिएर धूपले पूजा गरेझै बत्तीले पनि पूजा गर्नुपर्छ।

आरती
ॐ गं गणपतये नमः आरार्तिक्यम् समर्पयामि। मन्त्रसहित भगवान गणेशलाई प्रशन्न बनाउन एकाग्र चित्तले आरती गर्नुपर्छ।

प्रदक्षिणा
हातमा फूल अक्षता लिएर भगवान गणेशको प्रतिमा वरिपरि परक्रमा गर्नुपर्छ। परिक्रमा गरिसकेपछि उक्त अक्षता तथा फूल भगवान गणेशको मूर्तिमा समर्पित गर्नुपर्छ। उक्त समयमा ॐ गं गणपतये नमः प्रदक्षिणा समर्पयामि। मन्त्रोच्चारण गर्नुपर्छ।

पुष्पाञ्जली
ॐ गं गणपतये नमः पुष्पाञ्जली समर्पयामि। मन्त्रसहित हातमा लिएको फूल तथा अक्षता विघ्न–वाधा नाशक भगवान श्री गणेशलाई समर्पण गर्नुपर्छ।

नेवैद्य अर्पण
ॐ गं गणपतये नमः नेवैद्यम् निवेदयामी। मन्त्रोच्चारण गर्दै भगवान गणेको पूजा गर्न बनाइएको पंचामृत अर्पण गुर्नपर्छ। भगवान गणेशको पूजामा तुलसी अर्पण गर्नुहुँदैन।

पंचामृतमा पनि तुलसीको प्रयोग गर्नुहुँदैन। ॐ गं गणपतये नमः फलम् समर्पयामि मन्त्रसहित भगवान गणेशको मूर्तिमा फलफूलहरु अर्पण गर्नुपर्छ। ॐ गं गणपतये नमः मिष्ठान्न भोजनम् समर्पयामि मन्त्रसहित मीठा भोजन तथा मिठाई अर्पण गर्नुपर्छ।

यी सबै पूजाविधि पूरा गरिसकेपछि। आफूले भूलबस गरेका अर्थात जानी नजानी भएका गल्तीका लागि क्षमा माग्नुपर्छ। एकाग्र तथा एकचित्त भई जीवनमा खुश, शान्ति र समृद्धिको कामना गर्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०६:२१
Weather Update