News Griha :: न्यूजगृह
२० प्रतिशत नेपाली अझै गरिबीको रेखामुनि, यी चार प्रदेशमा गरिबीको दर बढी

काठमाडौं— नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । 

सर्वेक्षणअनुसार गरिबीको दर शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ । शहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत  छ । 

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणबाट मेटिन पुगेको बताए । 

सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरिबीको दर बढी छ। सर्वेक्षणअनुसार सुदूरपश्चिम प्रदेश (३४ दशमलव १६), कर्णाली प्रदेशमा (२६ दशमलव ६९), लुम्बिनी प्रदेशमा (२४ दशमलव ३५ प्रतिशत) र मधेस प्रदेशमा (२२ दशमलव ५३ प्रतिशत) छ। 

गण्डकी प्रदेशमा (११ दशमलव ८८ प्रतिशत), बागमती प्रदेशमा (१२ दशमलव ५९ प्रतिशत), र कोशी प्रदेशमा (१७ दशमलव १९ प्रतिशत) रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:१९
Weather Update