News Griha :: न्यूजगृह
मेनुका पौडेलको परिश्रम र योग्यताले नेपालीको शिर उच्च बनायो : राष्ट्रपति

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । 

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान  गरेका हुन् । 

राष्ट्रपति पौडेलले  मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २१:११
Weather Update