News Griha :: न्यूजगृह
आलमको मुद्दामा साक्षी झिकाउन आदेश
आलमको मुद्दामा साक्षी झिकाउन आदेश कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटले साक्षी बुझ्ने आदेश दिएको छ ।जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले सरकारी साक्षी तथा गवाह बुझ्न र गौरीशंकर रामको स्वास्थ्य परीक्षणको रिपोर्ट झिकाउन आइतबार आदेश दिएको हो ।  २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई...
नेपाललाई विश्वकपमा पुर्‍याएका देव खनाल युवा वर्ष खेलाडी
नेपाललाई विश्वकपमा पुर्‍याएका देव खनाल युवा वर्ष खेलाडी २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन खनालले नेपाली क्रिकेट टिमको नेतृत्व गरेका थिए । देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । यस्तै, विश्वकप छनोटका ५ खेलमा समेत उनले राम्रो प्रदर्शन गरेका थिए ।
महासमितिको एजेण्डामाथि छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
महासमितिको एजेण्डामाथि छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक बैठक फागुन ३ गते दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौंको एक होटलमा महिला मृत भेटिएको घटना : सँगै बसेका पुरुष पक्राउ 
काठमाडौंको एक होटलमा महिला मृत भेटिएको घटना : सँगै बसेका पुरुष पक्राउ  काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन ।
बाँसबारी जग्गा प्रकरणमा अदालतको आदेशप्रति गृहमन्त्री असन्तुष्ट
बाँसबारी जग्गा प्रकरणमा अदालतको आदेशप्रति गृहमन्त्री असन्तुष्ट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार उनले अदालतले म्याद तोकेर दुई दिनभित्र अनुसन्धान गरेर छाडिदेऊ भनेर दिएको निर्देशन न्यायिक इतिहासमा नै पहिलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
छोराछोरीको हत्या गरेर आमाले गरिन् आत्महत्या
छोराछोरीको हत्या गरेर आमाले गरिन् आत्महत्या रविना महर्जनले छोरा र छोरीको सिरानीले मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए । 'प्रारम्भिक हेर्दा बच्चाहरूको सास फेर्न नपाएर मृत्यु भएको जस्तो देखिएको छु,' एसपी कार्कीले भने । 
नक्कली सुन देखाएर करिब ८ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ 
नक्कली सुन देखाएर करिब ८ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ  पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई भक्तपुर बोडे बस्ने वर्ष ३८ को छुल्टीम लामा, वर्ष ३३ को राजेन्द्र तामाङ, वर्ष २७ को चिनबहादुर लामा, काठमाडौं मुलपानी बस्ने वर्ष ३१ को मिलन भन्ने दावा दुण्डुप तामाङ र बाह्रबिसे–८ का वर्ष ४८ को जितबहादुर तामाङ छन् ।
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका १९ वर्षीय युवक जेलको शौचालयमा मृत भेटिए 
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका १९ वर्षीय युवक जेलको शौचालयमा मृत भेटिए  बलात्कार आरोपमा पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ६, का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार मृत फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए ।
अख्तियारका प्रमुख आयुक्त राईले उठाए गम्भीर सवाल
अख्तियारका प्रमुख आयुक्त राईले उठाए गम्भीर सवाल आयोगले ३३ औं स्थापना दिवसका अवसरमा आइतबार आयोगका प्रमुख आयुक्त राईले संघीयता कार्यान्वयनपश्चात् हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्ने, घुस लेनदेन गर्ने, गैर कानुनी लाभ लिने बदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू...
युवक मृत्यु घटनामा सहायक प्रहरी हवल्दारसहित २ जना पक्राउ
युवक मृत्यु घटनामा सहायक प्रहरी हवल्दारसहित २ जना पक्राउ कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । 
एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना
एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जीप दैलेखमा दुर्घटना भएको छ । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको जीप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो । 
गृहमन्त्रीको गुनासो— विमानस्थल अध्यागमनमा जाने कर्मचारी पाइँदैन
गृहमन्त्रीको गुनासो— विमानस्थल अध्यागमनमा जाने कर्मचारी पाइँदैन ‘अहिले विमानस्थल अध्यागमन कार्यालयमा जाने कर्मचारी पाइँदैन। पहिला तँछाडमछाड हुन्थ्यो’, उनले भने, ‘गृह मन्त्रालयका कर्मचारी हामी नै खटाउँछौँ। अध्यागमनमा खटाइएका कति कर्मचारी त्यहाँ जान सकेका छैनन्।’  उनले अहिले अध्यागमन अटो मेसनमा गएको पनि बताए ।
Weather Update