News Griha :: न्यूजगृह
छोराछोरीको हत्या गरेर आमाले गरिन् आत्महत्या

काठमाडौं— ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोलमा २  सन्तानको हत्या गरेर आमाले आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ । 

रविना महर्जनले छोरा र छोरीको सिरानीले मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए । 'प्रारम्भिक हेर्दा बच्चाहरूको सास फेर्न नपाएर मृत्यु भएको जस्तो देखिएको छु,' एसपी कार्कीले भने । 

उनका अनुसार बच्चाहरूको शरीरमा कुनै पनि चोट पटक लागेको देखिएको थिएन । प्रहरीले तीनै जनालाई किष्ट अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको  एसपी कार्कीले बताए ।

रविनाले आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेकी थिइन् । उनका ६ वर्षीय छोरा र दुई वर्षीया छोरी छुट्टाछुट्टै कोठामा अचेत  भेटिएका थिए । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:५८
Weather Update