News Griha :: न्यूजगृह
नेपाललाई विश्वकपमा पुर्‍याएका देव खनाल युवा वर्ष खेलाडी

काठमाडौं— क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो ।

मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङका सुष्मा तामाङलाई पछि पार्दै देव खनालले उक्त अवार्ड जितेका हुन् ।

२०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन खनालले नेपाली क्रिकेट टिमको नेतृत्व गरेका थिए । देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । यस्तै, विश्वकप छनोटका ५ खेलमा समेत उनले राम्रो प्रदर्शन गरेका थिए ।

देवले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका खनालले २०२४ को पल्सर एनएसएसजेएफ अवार्डको २० औं संस्करण हात पारे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:३२
Weather Update