News Griha :: न्यूजगृह
Current-Landing-pageCurrent-Landing-page
गायक तथा मोडल दुर्गेश थापामाथि स्याङ्जामा जुत्ता प्रहार

काठमाडौं — स्याङ्जामा चलिरहेको महोत्सवमा गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् ।

स्याङ्जामा आयोजित वालिङ महोत्सवमा शनिबार राति एक युवकले थापालाई जुत्ता प्रहार गरेका हुन् ।

महोत्सवमा प्रस्तुति दिइरहेको बेला २७ वर्षीय एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पवलसिंह लामाले जानकारी दिए ।

‘महोत्सवमा दुर्गेश थापाको प्रस्तुति चलिरहेको बेलामा एक युवकले जुत्ता प्रहार गरेका हुन् । युवकले रमाइलो गर्ने क्रममा जुत्ता फुस्किएर मञ्चतिर गएको बयान दिए । आज बिहान उहाँहरूबीच मिलापत्र भइसकेको छ,’ उनले भने ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:२८
sagarmatha cementsagarmatha cement
Weather Update