News Griha :: न्यूजगृह
गृहमन्त्रीको गुनासो— विमानस्थल अध्यागमनमा जाने कर्मचारी पाइँदैन
फाइल तस्बिर ।

काठमाडौं— गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो समय त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर कर्मचारी जान नमान्ने गरेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले विमानस्थल अध्यागमन कार्यालयमा जाने कर्मचारी पाइँदैन। पहिला तँछाडमछाड हुन्थ्यो’, उनले भने, ‘गृह मन्त्रालयका कर्मचारी हामी नै खटाउँछौँ। अध्यागमनमा खटाइएका कति कर्मचारी त्यहाँ जान सकेका छैनन्।’  उनले अहिले अध्यागमन अटो मेसनमा गएको पनि बताए ।

श्रेष्ठले अबको केही समयमा अन्तर्राष्ट्रियस्तरको अध्यागमन बनाउने पनि बताएका छन् ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:४२
Weather Update