News Griha :: न्यूजगृह
महासमितिको एजेण्डामाथि छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । कांग्रेस महासमिति बैठक बस्नु अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बैठक फागुन ३ गते दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महासमितिको बैठकमा पेस गरिने एजेण्डाहरूमा छलफल गर्न महासमिति बैठक बोलाइएको र त्यसमा सबै केन्द्रीय समितिका पदाधिकारी सदस्यलाई उपस्थित हुन आग्रह गरेको छ । 

केन्द्रीय समिति बैठकले महासमिति बैठकमा पेस हुने प्रतिवेदनहरू पनि अनुमोदन गर्ने भएको छ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन पेस गर्ने बताइएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:२६
Weather Update