News Griha :: न्यूजगृह
सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो

काठमाडौं — साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर  रहँदा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो । आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ । 

यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १०:५१
Weather Update