सुन तस्करी जाँचबुझ आयोगले लियो दिपेश पुनसँग बयान

काठमाडौं — सुन तस्करीबारे जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर आइतबार बयान लिएको हो ।
दावा भने काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महासचिव समेत रहेका पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको आयोग स्रोतले बतायो ।
यसअघि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग पनि आयोगले बयान लिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८० २०:४९













