News Griha :: न्यूजगृह
मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार, आईसीयूबाट निकालियो

काठमाडौं— भारतीय अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार आएको छ । शनिबार अस्पताल भर्ना भएका चक्रवर्तीको स्वास्थ्यमा सुधार आएसँगै उनलाई आईसीयूबाट निकालिएको हो । शनिबार बिहान एक्कासि छाती दुखेपछि मिथुनलाई कोलकाताको अपोलो अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । 

त्यसपछि साँझ डाक्टरहरूले उनको स्वास्थ्य अपडेट दिँदै उनलाई मस्तिष्कको इस्केमिक सेरेब्रोभास्कुलर एक्सिडेन्ट (स्ट्रोक) भएको बताए । शनिबार राति मिथुनलाई भेट्न अस्पताल पुगेकी अभिनेत्री देवश्री रोयले उनको स्वास्थ्यमा सुधार आएको बताउँदै आईसीयूबाट बाहिर निकालेको जानकारी दिइन् ।

शनिबार अस्पतालले विज्ञप्ति जारी गर्दै अभिनेताको स्वास्थ्य अपडेट दिएको थियो । ७३ वर्षीय मिथुनको मस्तिष्कको तल्लो भागको एमआरआईसहित आवश्यक परीक्षण गरिएको थियो । जाँचअनुसार उनलाई मस्तिष्कको इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको पत्ता लागेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले मिथुन पूर्ण रुपमा होसमा छन् । नरम आहार पनि लिइरहेका छन् । मिथुन चक्रवर्तीलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रो एन्टेरोलोजिस्टलगायत संलग्न चिकित्सक टोलीले निगरानी गरिरहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:४२
Weather Update