News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको आर्थिक समृद्दि र विकास नहुने दाबी गरेका छन् । उनले त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका हुनुपर्ने बताए । 

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ । भ्रष्टाचारविरुद्ध निर्ममतापूर्ण ढंगले कारबाही गर्नैपर्ने हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन ।’

Prabhu Bank

उनले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ‘माथिल्लो तहदेखि तल्लो तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जो कोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जो सुकै व्यक्ति भ्रष्टाचारको कसूरमा समातिन्छ भने उसलाई कारबाही हुनुपर्छ । यसमा सरकारले कुनै हस्तक्षेप गर्दैन ।’ 

उनले विकास समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि मुलुकमा सुशासन कायम हुनु आवश्यक रहेको बताए ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:२५
Weather Update