News Griha :: न्यूजगृह
तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं— साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर आज १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ ।  चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:०२
Weather Update