News Griha :: न्यूजगृह
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी : राई स्कुल, ब्राइट होराइजन र एपीएफ विजयी

काठमाडौं— प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आज भएको लिग चरणको खेलमा तीन टीम विजयी भएका छन् ।

नेपाल एपीएफ स्कुलको आयोजनामा माघ २२ गतेबाट सञ्चालित प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा राई स्कुल नक्साल, दोस्रो खेलमा ब्राइट होराइजन चिल्ड्रेन्स होम मातातीर्थ र तेस्रो खेलमा एपीएफ स्कुल, कीर्तिपुर (क) विजयी भए ।

राई स्कुलले हारती शिक्षा मन्दिर सीतापाइला, ब्राइट होराइजनले नेपालय हाइयर सेकेन्डरी स्कुललाई र नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) ले मोर्डन इन्डियन स्कुल चोभारलाई पराजित गरेको हो ।

आजको खेलहरूमा आर्यनजंग थापा (राई स्कुल), चक्र मन्याल (ब्राइट होराइजन) र तेन्जिङ शेर्पा (एपीएफ स्कुल) म्यान अफ द म्याच घोषित भए ।

apf-football-12-1707483597.jpeg
उनीहरूलाई एपीएफ स्कुलका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुरागाईं, अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार प्याकुरेल र टीम व्यवस्थापक सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश खड्काले ट्रफी प्रदान गरे । 

प्रतियोगिता अन्तर्गत भोलि लिग चरणका अन्तिम खेल हुनेछन् । जसमा सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारीविरुद्ध ग्रीन भिलेज सेकेन्डरी स्कुल कीर्तिपुर मैदान उत्रँदा पुष्पसदन स्कुलविरुद्ध लेबोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरले खेल्ने छ । त्यस्तै,  राई स्कुल नक्साल र नेपालय पब्लिक इङ्गलिस स्कुल जोरपाटी आमनेसामने हुनेछन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:४५
Weather Update