News Griha :: न्यूजगृह
चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्कियो

काठमाडौं— चितवनमा गएराति बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौं आँउदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बर बस सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकसित ठोक्किएको हो ।  

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । उनीहरूको उपचार चितवन मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।  बस चालक फरार छन् । उनको खोजी भइरहेको सुवेदीले बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:३१
Weather Update