News Griha :: न्यूजगृह
हराएका १७ सवारीसाधन फेलापारि सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं—  विभिन्न मितिमा हराएका १७ वटा दुईपाङ्ग्रे सवारी साधनको खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १४ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट दुईपाङ्ग्रे सवारी फेला परेका ट्राफिक प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको हालसम्म चोरीका २० वटा दुईपाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २४ जनालाई पक्राउ गरि कारबाहीका लागि प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:१६
Weather Update