News Griha :: न्यूजगृह
त्रिकोणात्मक सिरिज फागुन १५ देखि, नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

काठमाडौं— नेपालले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । डबल राउन्ड रोबिनका आधारमा हुने  सिरिजमा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ । 

यसैगरी लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने तय भएको क्यानले जनाएको छ । फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:०२
Weather Update