News Griha :: न्यूजगृह
एकदिवसीय शृङ्खला: आज नेपाल र क्यानडाबीच दोस्रो खेल

काठमाडौं— नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै शृङ्खला जित्ने योजनामा हुनेछ । पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकालेको थियो । नेपाल एक खेलअगावै सिरिज जित्न चाहन्छ । 

पाहुना टोली क्यानडा पनि नेपाललाई हराउँदै सिरिजमा बराबरी चाहन्छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०६:३७
Weather Update