News Griha :: न्यूजगृह
कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ 

विराटनगरकोशी प्रदेश सरकारमा चारजना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा थपिएका उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री केदार कार्कीले उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन् । थपिएका मन्त्रीहरूमा कांग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री छन् ।

सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, कांग्रेसका इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त गरिएको छ ।

माओवादीबाट सङ्खुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि कात्तिक १७ गते मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:५९
Weather Update