News Griha :: न्यूजगृह
आज तामाङ समुदायको सोनम ल्होसार, विविध कार्यक्रमका साथ मनाइदै
फाइल तस्बिर ।

काठमाडौं— तामाङ समुदायले शनिबार सोनम ल्होसार मनाउँदैछ । यो ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ ।

ल्होसारलाई नयाँ वर्षका रूपमा मनाइन्छ । मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरि गाई वर्ष प्रवेश हुँदैछ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरि १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । 

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइएको छ ।

काठमाडौं उपत्यकामा रहेका तामाङहरूले टुँडिखेलमा भेला भई ल्होसार मनाउँछन् ।   

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०६:४७
Weather Update