मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले पाए तेस्रो पटक विश्वासको मत आइतबार, फागुन ६, २०८०

नेपालमा अमेरिका, चीन र भारतसहित १८ देशका सैनिकको संयुक्त अभ्यास हुँदै आइतबार, फागुन ६, २०८० नेपालमा विभिन्न १८ देशका सेनाहरुको सहभागितामा संयुक्त सैन्य अभ्यास हुने भएको छ। नेपाली सेनाले अमेरिका, बेलायत, चीन, भारत, पाकिस्तानसहित १८ देशका सैनिक सहभागी हुने सैन्य अभ्यास गर्न लागेको हो। नेपाली सेनाले गर्दै आएको ‘अभ्यास– शान्ति प्रयास’को चौथो संस्करणमा १८ देशका सैनिकहरु सहभागी हुने पक्का भएको छ। नेपाली सेनाका प्रवक्ता, सहायक...

कांग्रेस महासमितिमा हिन्दु राष्ट्रको विषय एजेन्डा नबन्ने आइतबार, फागुन ६, २०८० पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भोलिदेखि शुरु हुने महासमिति बैठकको तयारीबारे जानकारी दिँदै हिन्दु राष्ट्रको विषयमा छलफल नहुने बताएका हुन्। ‘हाम्रा कतिपय साथीहरू हिन्दु राज्य चाहन्छौँ भन्नुभएको छ। प्रस्ताव बनोस् भन्नुभएको छ। तर कांग्रेसको प्रस्ताव बनेन। केन्द्रीय समिति र महासमितिमा असहज हुने गरी यो विषय अघि बढेको छैन,’ विश्वकर्माले...

कांग्रेस महासमिति बैठकमा ६० जनाले मात्र बोल्न पाउने, प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने आइतबार, फागुन ६, २०८० नेपाली कांग्रेसको महासमिति बैठकका सहभागी नेतामध्ये ६० जनाले बोल्न पाउने भएका छन्। सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने ‘महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको छ। महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न...

पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग पराजित आइतबार, फागुन ६, २०८० आफ्नो डेब्यु खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ सँग पराजित भएको छ।आइतबार मूलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा–११ ले ४ विकेटले पराजित गर्यो । नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छँदा ६ विकेट गुमाएर पार गर्यो ।

पूर्वसचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, फागुन ६, २०८० मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिवहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ बिगो कायम गरेको छ। त्यसैगरी खानेपानी मन्त्रालयका तत्कालीन...

शेयर बजारमा २७ अङ्कको गिरावट आइतबार, फागुन ६, २०८० शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन दोहोरो अङ्कको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २७.२१ अङ्कले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ।सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ। सबै कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल...

यौनजन्य हिंसाबाट जोगिन प्रतिकार गरौँ, पीडितले उजुरी गरौँ आइतबार, फागुन ६, २०८० सहभागीले हिंसा तथा भेदभावरहित समाजको निर्माणबाट नै शान्तिसहितको विश्व सम्भव हुने भएकाले महिलाविरुद्धका यौनजन्य हिंसाको नियन्त्रण गर्न विश्व समूदाय एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन्।

इलाम २ उपनिर्वाचन: उम्मेदवारका लागि ‘सर्भे’ गर्दै कांग्रेस र एमाले, रास्वपाका लागि परीक्षा! आइतबार, फागुन ६, २०८० उपनिर्वाचन हुनेमध्ये प्रतिनिधि सभा सदस्य रिक्त रहेको इलाम क्षेत्र नम्बर २ मा धेरैको चासो छ। नेकपा एमालेका नेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुने भएको हो। इलाम २ मा हुने उपनिर्वाचनलाई दलहरूले आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन्। किनकि ‘मिसन ८४’को हल्ला जोडतोडले...

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ आइतबार, फागुन ६, २०८० कीर्तिपुर नगरपलिका– ६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

हवाई भाडामा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिन माग आइतबार, फागुन ६, २०८० नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रमा हवाई भाडामा विद्यार्थीहरूलाई ३३ प्रतिशत छुट गराउन सरकारलाई दबाब दिने भएको छ। यही फागुन २ गतेदेखि ४ गतेसम्म ललितपुरमा सम्पन्न अनेरास्ववियुको तेस्रो पूर्ण बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष समिक बडालले विद्यार्थीलाई हवाई भाडामा...

भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्भे आइतबार, फागुन ६, २०८० भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ। विमानस्थलमा रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो। विस्तारका लागि सर्भे गरी डिजाइनका साथै डिजाइन अनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने छ । सर्भेको काम सोमबारबाट सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका...

बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री आइतबार, फागुन ६, २०८० उनले भने, ‘सरकारको तर्फबाट बालकुमारी घटनामा तत्काल लिएको पहल र क्रियाकलापबारे बिल्कुल गलत सूचना भएको मैले महसुस गरे। सरकारले त्यस घट्नामा संलग्नलाई तत्कालै निलम्बन गर्नका लागि र पीडितहरूका सवालमा मान्यहरुले भन्नुभयो १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा बिल्कुल तथ्यहीन हो। छानविन समिति पक्कै प्रतिपक्षले बनाएको त होइन। सरकारले...









