पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग पराजित

काठमाडौं– आफ्नो डेब्यु खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ सँग पराजित भएको छ।
आइतबार मूलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा–११ ले ४ विकेटले पराजित गर्यो । नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छँदा ६ विकेट गुमाएर पार गर्यो ।
क्यानडाका लागि नवनीत धलीवालले ८० रन जोड्दा निखिल दत्ताले नटआउट ६७ रन र श्रेयस मोभ्भाले नटआउट २३ रन जोडे ।
नेपालका लागि साहब अलामले २ विकेट लिए । उनले १० ओभरमा ३१ रन खर्चिए । यस्तै प्रतिश जिसी, रसिद खान, सागर ढकाल र बसिर अहमदले १/१ विकेट लिए ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० १७:१५