News Griha :: न्यूजगृह
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

काठमाडौं– कीर्तिपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले जुवातास खेलिरहेका २३ जनालाई पक्राउ गरेको छ ।

 कीर्तिपुर नगरपलिका– ६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी कीर्तिपुर नगरपालिका– १ अमृतनगर बस्ने ५१ वर्षीय भक्तबहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राईसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ४५ हजार रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १५:०३
Weather Update