News Griha :: न्यूजगृह
शेयर बजारमा २७ अङ्कको गिरावट

काठमाडौं– शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन दोहोरो अङ्कको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २७.२१ अङ्कले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ।

सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ। सबै कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको हो। 

सबै उपसमूहका सूचक नकारात्मक छन्। फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढीले घटेको छ। कारोबारमा भएका कम्पनीमध्ये २१ वटाको शेयर मूल्य बढ्दा २२५ वटाको घट्यो भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। ३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर  ३ अर्ब ७७ करोड  ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भएका छन्।

उल्लेख्य शेयर कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, जोशी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर लगायत छन्। हिमालयन रिइन्स्योरेन्सको ४० करोड ९ लाखको शेयर कारोबार भएको छ। यसैगरी एनआईसी एसिया बैंकको १३ करोड ६५ लाख, जोशी हाइड्रोपावरको १० करोड, सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ। 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:०७
Weather Update