लोकतन्त्रले बृहत राष्ट्रिय एकतालाई थप मजबुद बनाउनेछ: राष्ट्रपति सोमबार, फागुन ७, २०८०

विदेशी मुद्राको नेपाली मूल्य आज कति? सोमबार, फागुन ७, २०८० आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल सोमबार, फागुन ७, २०८० तपाईंको भाग्य र नतिजा तपाईंकै मेहनत र परिश्रममा निर्भर गर्नेछ। राशिफल जे जस्तो भए मेहनतका साथ काम गर्नुहोस् सफलता तपाईंकै हुने छ। तपाईंको दिन मङ्गलमय रहोस्, शुभकामना।

आज सुदूरपश्चिमका केही ठाउँमा पानी पर्नसक्ने, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना सोमबार, फागुन ७, २०८० आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस आइतबार, फागुन ६, २०८० सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४३ जनाले निवेदन दिएका थिए। तीमध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो। उनीहरूको प्रस्तुति र अन्तरवार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो। अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।

सोमबारदेखि वर्षाको सम्भावना, शनिबारदेखि मौसम सुधार हुने आइतबार, फागुन ६, २०८० सोमबारदेखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
![बलम्बु प्रहरी प्रभागमा गोली चलेको घटनामा इन्स्पेक्टर पक्राउ, घाइते प्रहरी खतरामुक्त [अपडेट]](https://newsgriha.com/uploads/posts/gun-bullet-1702370057.jpg)
बलम्बु प्रहरी प्रभागमा गोली चलेको घटनामा इन्स्पेक्टर पक्राउ, घाइते प्रहरी खतरामुक्त [अपडेट] आइतबार, फागुन ६, २०८० प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किएको छ। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पदबाट बर्खास्त आइतबार, फागुन ६, २०८० सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति (पीआर) लिएको देखिएकाले बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सञ्चारमन्त्रीका सूचना प्रविधि सल्लाहकार भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त आइतबार, फागुन ६, २०८० आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो।

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त आइतबार, फागुन ६, २०८० आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बलम्बुमा प्रहरी कार्यालयभित्रै गोली चल्यो, सर्वसाधारणसहित दुई जना घाइते आइतबार, फागुन ६, २०८० प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते भएका छन् ।इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन काेतमा गएका थिए । त्यसक्रममा गोली चलेको हो ।गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । घाइतेको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको...

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता पुरीलाई ४ करोड जरिवाना आइतबार, फागुन ६, २०८० विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीले ३ करोड ३२ लाख रुपैयाँ मात्रै वैध रुपमा जोडेको ठहर गरेको हो । बाँकी ४ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए...

विधान अधिवेशन गरेर के पायो माओवादीले? आइतबार, फागुन ६, २०८० विधान अधिवेशन अगाडि माओवादी नेताहरु जुन आत्मविश्वासका साथ प्रस्तुत हुने गरेका थिए, त्यो अवस्था अधिवेशन सकिएपछि छैन। किनकि ऐतिहासिक भनिएको विधान अधिवेशन पनि कर्मकाण्ड पूरा गर्नमै सीमिति रह्यो। विधान अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएका माओवादीका १ जना केन्द्रीय सदस्य भन्छन्, ‘विधान अधिवेशनले साँच्चिकै केही गर्ला भन्ने विश्वास थियो। परिणामका हिसाबले...









