सञ्चारमन्त्रीका सूचना प्रविधि सल्लाहकार भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त

काठमाडौं– नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो।
भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार हुन्।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० १९:४१













