आज सुदूरपश्चिमका केही ठाउँमा पानी पर्नसक्ने, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं- अहिले नेपालमा पश्चिमी वायुको प्रभाव कायम छ। जसका कारण मौसममा आंशिकदेखि पूर्ण बदलीसम्मको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
वर्षा साथै हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट सर्तकतासहित सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० ०५:४३