त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं– शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ।
समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ।
सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४३ जनाले निवेदन दिएका थिए। तीमध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो। उनीहरूको प्रस्तुति र अन्तरवार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो।
अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० २१:०६













