जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन १० देखि सोमबार, फागुन ७, २०८०

नेत्रहीन क्रिकेट प्रतियोगितामा बर्दिया विजयी सोमबार, फागुन ७, २०८० नेत्रहीन क्रिकेट संघ नेपालले कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी भएको छ। कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) बर्दियाबिच भएको प्रतियोगितामा बर्दिया एक रनले विजयी भएको हो।

कोरियन भाषा परीक्षा आजदेखि सोमबार, फागुन ७, २०८० ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन।

अश्लील भिडिओ खिच्ने सशस्त्रका डीएसपी केसी पक्राउ सोमबार, फागुन ७, २०८० सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए।

मीन विश्वकर्माले भने– महामन्त्रीको प्रतिवेदन संशोधन भएर आउँछ सोमबार, फागुन ७, २०८० सोमबार बिहान सभापति देउवा निवास बूढानिलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापाको प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे। उनले भने, ‘साँझा डकुमेन्ट आउँछ। संशोधन भएर आउँछ, महामन्त्रीज्यु कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ।’ सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीमा जम्मा भएका हुन्।

फरक विश्व परिकल्पनासहित भएको कार्यक्रम नै अस्तव्यस्त ! सोमबार, फागुन ७, २०८० विश्वलाई नयाँ सोचसहितको दिशा बोध गराउने लक्ष्यसहित जारी सम्मेलनका उपलब्धी अनुकरणीय नै भए पनि व्यवस्थापकीय चुस्तता नहुँदा नेपालमा आयोजना गरिएको विश्व सम्मेलनले दिने सन्देश नकारात्मक हुने टिप्पणी आयोजक भित्र नै उठ्न थालेको छ।

कांग्रेसमा लफडा, शुभेच्छुक संस्थाहरूले दिए महासमिति बहिष्कार गर्ने धम्की सोमबार, फागुन ७, २०८० नेपाली कांग्रेसका केही शुभेच्छुक संस्थाहरूले महासमिति बैठक बहिष्कार गर्ने भएका छन्। ललितपुरको गोदावरीमा आजबाट सुरु हुने महासमिति बैठकअघि शुभेच्छु सङ्गठनहरूले नेतृत्वले गल्ती नसच्याए बहिष्कार गर्ने धम्की दिएका हुन्। नयाँ निर्वाचित नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउने गरी पार्टीले प्रतिनिधि तोकेको भन्दै उनीहरूले महासमिति बहिष्कार गर्ने चेतावनी दिएका हुन्। विशेषगरी नेपाल प्रेस युनियन,...

उर्लाबारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक पक्राउ सोमबार, फागुन ७, २०८० मोरङको उर्लाबारीमा एक जना किशोरी अर्धचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ। उर्लाबारीमा डेरामा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन्।मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारी मै कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ। स्थानीयले...
-1708323074.jpg)
यस्तो देखियो टुँडिखेलको सैनिक मञ्चमा आयोजित प्रजातन्त्र दिवस सोमबार, फागुन ७, २०८० सरकारले प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मन्त्री तथा उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

पपुवा न्यू गिनीमा जातीय भिडन्त: ६४ जनाको मृत्यु सोमबार, फागुन ७, २०८० पपुवा न्यू गिनीको पहाडी इलाकामा भएको जातीय भिडन्तमा कम्तीमा ६४ जनाको मृत्युपपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

टुँडिखेलबाट प्रधानमन्त्रीले भने: गार्हस्थ उत्पादनमा गुणात्मक वृद्धि अबको एजेण्डा सोमबार, फागुन ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले कुल ग्रार्हस्थ उत्पादनमा गुमात्मक वृद्धि गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सन् २०३० सम्ममा नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रका रूपमा स्थापित गर्न कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए। उनले भने, ‘परम्परागत विकासको मोडेल पुनरावलोकन...
![प्रजातन्त्र दिवसमा प्रभातफेरी [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Democresy_Day-(2)-1708318704.jpg)
प्रजातन्त्र दिवसमा प्रभातफेरी [तस्बिरहरू] सोमबार, फागुन ७, २०८० प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ भने जिल्ला जिल्लामा विभिन्न कार्यक्रम भएका छन्।

अपडेट: तनहुँ दुर्घटनाका मृतकको पहिचान खुल्यो सोमबार, फागुन ७, २०८० आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ।









