अश्लील भिडिओ खिच्ने सशस्त्रका डीएसपी केसी पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए।
डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ। उनले स्वयम्भुस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडिओ खिचेको आरोप छ। पीडितहरूले उनीविरुद्ध प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिएका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। वैयक्तिक गोपनियता सम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडिओ खिच्न पाइँदैन।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० १४:०२













