News Griha :: न्यूजगृह
नेत्रहीन क्रिकेट प्रतियोगितामा बर्दिया विजयी

काठमाडौं– नेत्रहीन क्रिकेट संघ नेपालले कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी भएको छ।
 
कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) बर्दियाबिच भएको प्रतियोगितामा बर्दिया एक रनले विजयी भएको हो।
 
कंर्णालीले टस जितेर फल्डिङ रोजेको थियो। कर्णालीले बर्दियाको लागि १५४ रनको लक्ष्य दिएको थियो।

बर्दियाले जवाफी व्याटिङ्ग गर्दै निर्धारित २० ओभर खल्दै १५५ रन बनाएको थियो। खेलमा प्लेयर अफ दि म्याच बर्दियाका नरेश चौधरी भएका थिए। 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:३६
Weather Update