News Griha :: न्यूजगृह
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन १० देखि
फाइल तस्बिर

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । 

यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल हुनेछ।
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:३८
Weather Update