बेलायतले मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणका क्षेत्रमा आर्थिक सहयोग बढाउने मंगलबार, फागुन ८, २०८०

बागमती गोल्डकपमा आज आर्मी र एपीएफ भिड्दै मंगलबार, फागुन ८, २०८० बागमती गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । मकवानपुरको बागमती गाउँपालिका-८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब खेल्दैछन् ।

पुटिनका विरोधी नाभाल्नीको शव अझै परिवारले पाएनन् मंगलबार, फागुन ८, २०८० रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ। जेलमा रहेका नाभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परिक्षणका लागि राखिएको बताइएको थियो।रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नाभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन। नाभाल्नीका श्रीमतीले...

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का! मंगलबार, फागुन ८, २०८०
कांग्रेस महासमिति बैठकमा आजदेखि बन्दसत्र मंगलबार, फागुन ८, २०८० नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ। सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन्। मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति...

कालिमाटी बजारमा भएको सबैभन्दा महँगो तरकारी कुरिलो मंगलबार, फागुन ८, २०८० कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ८ गते मंगलबारका लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेका १०३ प्रकारका तरकारीमध्ये सबैभन्दा महँगो तरकारी हो कुरिलो। समितिका अनुसार कुरिलोको आजको मूल्य प्रतिकेजी दुई हजार रुपैयाँदेखि दुई हजार पाँच सय रुपैयाँसम्म छ।

अफगानिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकालाई मंगलबार, फागुन ८, २०८० अफगानिस्तानविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २-० को अग्रता बनाउन सफल भयो ।डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको...
-1708396195.jpg)
काठमाडौंभित्रै व्यवस्थापन हुँदैछ फोहोर, टेकुमा १४ हजार केजी कम्पोष्टिङ गरियो मंगलबार, फागुन ८, २०८० काठमाडौं महानगरपालिकाले वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ। फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन गर्न थालिएको छ। ढुवानी र व्यवस्थापन पनि छुट्टा-छुट्टैरुपमा गर्ने गरिएको छ। घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी...

कांग्रेसका छ शुभेच्छुक संस्थाले बहिष्कार गरे महासमिति बैठक मंगलबार, फागुन ८, २०८० नेपाली कांग्रेसका छ वटा शुभेच्छुक संस्थाहरूले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन् । ललितपुरको गोदावरीमा सोमबारदेखि पार्टीको महासमिति बैठक सुरु भएको छ । महासमिति बैठक अघि पार्टी विधानको दफा १८ (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन-तीनजनाको प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था विपरीत भएको भन्दै ती शुभेच्छुक संस्थाहरूले बैठक बहिष्कार गरेका हुन्...

नेपाल ‘ए’ र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज मंगलबार, फागुन ८, २०८० नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज मंगलबार दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजे खेल सुरु हुनेछ । तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ । पहिलो एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो । राष्ट्रिय...

एमाले केन्द्रीय कमिटी आजदेखि, पार्टी निर्माणदेखि जनपरिचालनसम्मका कार्यसूची मंगलबार, फागुन ८, २०८० नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजेदेखि पार्टी मुख्यालय च्यासलमा हुनेछ। एमालेले केन्द्रीय कमिटीका लागि विभिन्न ६ कार्यसूची तय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए। गौतमकका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा...

थाइल्याण्डमा भएको इन्टरनेसनल बेलुन फियस्तामा बेलुन नेपालको सहभागीता मंगलबार, फागुन ८, २०८० हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’मा सहभागीता जनाएको छ। गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष बिक्रम बाडे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन्।

विदेशी मुद्रा: अमेरिकी डलरमा छैन फेरबदल, अन्य देशका मुद्राको नेपाली मूल्य कति? मंगलबार, फागुन ८, २०८० नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमयदर तोकेको छ। आज २०८० फागुन ८ गते, सद्अनुसार फेब्रुअरी २०, २०२४ का लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ। त्यस्तै यूरो १ को खरिददर १४२ रुपैंयाँ ८७ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ५१...









