News Griha :: न्यूजगृह
दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का!
सांकेतिक तस्बिर

काठमाडौं– दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०८:४५
Weather Update