News Griha :: न्यूजगृह
१० महिनादेखि भन्सारकै गोदाममा थन्कियो रासायनिक मल
१० महिनादेखि भन्सारकै गोदाममा थन्कियो रासायनिक मल चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको छ।कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको...
यसरी कालापत्थर बन्दैछन् हिमाल [तस्बिरहरू]
यसरी कालापत्थर बन्दैछन् हिमाल [तस्बिरहरू] सोलुखुम्बु भन्ने बित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने अनि चिसो जिल्ला । तर हिमाली जिल्ला भएपनि केही बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले बिर्सन थालेका छन्। जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्ण रुपमा परिसकेको छ। हिउँले छोपी रहने हिमाल कालापत्थरमा परिणत भएको देखिन थालेको छ।...
दुई घण्टापछि कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु
दुई घण्टापछि कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरू भएको छ। मंगलबार बिहान नौं बजेदेखि बन्दसत्र सुरु हुने भनिएपनि ११ बजेदेखि मात्र सुरु भएको हो।सोमबार सभापति शेरबहादुर देउवाले उदघाटन गरेको बैठकमा पाँचवटा प्रतिवेदनहरु प्रस्तुत हुँदैछन्। प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार बिहान ढिलागरी बैठक सुरु भएको हो। बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर...
औषधि उत्पादनमा नेपालको प्रगति राम्रो– सभामुख घिमिरे
औषधि उत्पादनमा नेपालको प्रगति राम्रो– सभामुख घिमिरे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालले औषधि उत्पादनमा प्रगति गर्दै गएको बताएका छन्। औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गर्दै सभामुख घिमिरेले औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताए। नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे। 
द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतरा सामना गर्नुपर्‍यो– प्रधानमन्त्री दाहाल
द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतरा सामना गर्नुपर्‍यो– प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन्। ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा हामीहरू सचेत हुनुपर्ने बताए। शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको...
खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध, एटीएम पनि नचलेपछि समस्यामा पर्यटक 
खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध, एटीएम पनि नचलेपछि समस्यामा पर्यटक  पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ। गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो। यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका...
बाजुरामा वर्षासँगै हिमपात
बाजुरामा वर्षासँगै हिमपात ६ महिनापछि बाजुराको माथिल्लो भेगमा  वर्षासँगै हिमपात भएको छ। लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान खुसी भएका छन्। पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ। यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो।
कांग्रेसले निर्वाचन हुन नसकेका १२ निर्वाचन क्षेत्रका प्रतिनिधिलाई महासमितिमा सहभागी गराउने
कांग्रेसले निर्वाचन हुन नसकेका १२ निर्वाचन क्षेत्रका प्रतिनिधिलाई महासमितिमा सहभागी गराउने नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका १२ निर्वाचन क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई यसपटकको महासमिति बैठकमा सहभागी गराउने भएको छ। बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बिहान भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादका कारण महासमिति सदस्यको निर्वाचन हुन नसकेका ती क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई आमन्त्रिण सदस्यकारुपमा सहभागी गराउने निर्णय गरेको...
रंगमञ्चमा बढ्दैछ बालबालिकाको सक्रियता
रंगमञ्चमा बढ्दैछ बालबालिकाको सक्रियता आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य हिजोआजका मानिसले बिर्सदै गएको कुरालाई बालबालिकाले नाटकमार्फत प्रस्तुत गरेका छन्। 
देशभरको मौसममा बदली, बिहीबार काठमाडौंमा पानी पर्ने सम्भावना
देशभरको मौसममा बदली, बिहीबार काठमाडौंमा पानी पर्ने सम्भावना देशभरको मौसममा फेरी बदली भएको छ। गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम बिहीबारसम्म जारी रहने छ। शुक्रबारदेखि पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। नगरकोटीका अनुसार आज गण्डकी, कर्णाली र...
टस जितेको नेपाल क्यानडाविरुद्ध पहिला बलिङ गर्दै
टस जितेको नेपाल क्यानडाविरुद्ध पहिला बलिङ गर्दै नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको दोस्रो खेलमा टस जितेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज प्लेइङ ११ मा नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । आजको खेलमा...
वीरगञ्जको कर्फ्यू केही खुकुलो
वीरगञ्जको कर्फ्यू केही खुकुलो जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको अनिश्चितकालीन कर्फ्यू अहिले केही खुकुलो पारिएको छ। आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख छ। 
Weather Update