News Griha :: न्यूजगृह
वीरगञ्जको कर्फ्यू केही खुकुलो

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको अनिश्चितकालीन कर्फ्यू अहिले केही खुकुलो पारिएको छ। 

आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख छ। 

कर्फ्यू_सूचना.jpeg

सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए।

curfew.JPG

गत फाल्गुन ३ गते  रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर फागुन ७ गते वीरगञ्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई लिएर सोमबार बेलुका ५ बजे देखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू आदेश जारी गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:४५
Weather Update