News Griha :: न्यूजगृह
टस जितेको नेपाल क्यानडाविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको दोस्रो खेलमा टस जितेको छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । 

Image

कप्तान विनोद भण्डारी आज प्लेइङ ११ मा नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । आजको खेलमा नेपाल ‘ए’ले जित हासिल गर्ने उद्देश्यका साथ खेल्दैछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकटले पराजित भएको थियो ।
 
नेपालको प्लेइङ ११ मा कप्तान सन्दीप जोरासँगै अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र रिजन ढकाल छन् । त्यस्तै बेन्चमा भने सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया र प्रतिश जिसी छन् । 

Image

क्यानडाको प्लेइङ–११ म भने कप्तान साद बिन जफरसहित आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त र ओमार खालिद छन् । बेन्चमा दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह र इश्वरजोत सोही छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:०५
Weather Update