आज तराईंका केही क्षेत्रमा हुस्सु, पहाडी तथा हिमाली भागको मौसम सफा रहने मंगलबार, फागुन ८, २०८०

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल मंगलबार, फागुन ८, २०८०

पदाधिकारी र पूर्व पदाधिकारी बैठक चल्दाचल्दै देउवा किन गए बालुवाटार? सोमबार, फागुन ७, २०८० कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। भविष्यमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विवाद पार्टीभित्र चर्किइरहेका बेला कांग्रेस सभापति देउवाले र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई साथमा लिइ बालुवाटार गएर प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।

पाल्पामा टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु सोमबार, फागुन ७, २०८० दुर्घटनामा रूपन्देहीको तिलोत्तमा नगरपालिका– १६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको दिए मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

सहकारीका समस्या समाधान गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण सोमबार, फागुन ७, २०८० पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता खगराज अधिकारी र परितोष पौडेलले सरकारले तत्काल ध्यान दिनुपर्ने भनाइ राखे। सहकारी क्षेत्रमा हाल देखिएका समस्या मूलत: प्रणालीले दिएको अवसर माथि टेकेर गरिएको अभ्यासले सृजना भएका भन्दै जनताको बचतको रक्षाको दायित्व सरकारको भएको उनीहरूले बताए।
किशोरी बलात्कार आरोपमा माओवादीका पूर्वलडाकु कमान्डर पक्राउ सोमबार, फागुन ७, २०८० मकवानपुरकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पूर्वलडाकु कमान्डर हरि श्रेष्ठ पक्राउ परेका छन्।बलात्कार अभियोगमा पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका ७ का हरि श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए।

रौतहटमा उत्पन्न भएको विवाद समाधान उन्मुख, सरस्वतीको मूर्ति विसर्जन गरियो सोमबार, फागुन ७, २०८० रौतहटमा सरस्वतीको मूर्ति विसर्जनको विषयमा उत्पन्न भएको विवाद वार्तामार्फत समाधान भएको छ। वार्तामा सहमति जुटेपछि ईशनाथ नगरपालिका–५ मा गत २ दिनदेखि बाटोमै राखिएको सरस्वती माताको मूर्ति विसर्जन गरिएको छ। जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बिहान भएको सर्वपक्षीय एवम् सर्वदलीय बैठकमा भएको सहमतिपछि सरस्वती माताको मूर्ति विर्सजन गरिएको हो।

रौतहटमा उत्पन्न विवादले वीरगञ्जमा कर्फ्यू आदेश जारी सोमबार, फागुन ७, २०८० पर्सा प्रशासनले जिल्ला सदरमुकाम वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ। रौतहटमा उत्पन्न भएको विवादले वीरगञ्जमा समेत शान्ति भंग हुने स्थिति देखिएपछि कर्फ्यू आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्।

प्रधानमन्त्री भन्छन्– विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छ सोमबार, फागुन ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्मा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन्। सरोकारवाला सबै पक्षसँग कुरा गरेर आएका सुझावका आधारमा विधेयकमा आवश्यक संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ।

देउवा भन्छन्– भविष्यमा गठबन्धन नगर्ने भनेर अहिल्यै निर्णय गर्नु उचित हुँदैन सोमबार, फागुन ७, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिले नै निर्णय गर्नु उचित नहुने बताएका छन्। भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालिक परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने देउवाको भनाइ छ। सभापति देउवाले कुनै एउटा पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन...

असफल सिद्ध भइसकेका व्यक्तिलाई उपकुलपति बनाउने खेल भइरहेको छ: ओली सोमबार, फागुन ७, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल भइसकेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउने खेल भइरहेको बताएका छन्। अहिले त्रिविको उपकुलपतिका लागि ३ जना सिफारिस भएकोमा असफल सिद्ध भइसकेका व्यक्तिलाई नियुक्त गर्ने खेल भइरहेको ओलीको भनाइ छ।

५४२ किलो गाँजासहित चितवनबाट २ जना पक्राउ सोमबार, फागुन ७, २०८० भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले सोमबार बिहान ८ बजेतिर राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटे गाउपालिका–३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का २५ वर्षीय खुसीराम थारु रहेका छन्।

देउवाले उद्घाटन गरे कांग्रेस महासमिति बैठक सोमबार, फागुन ७, २०८० ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन गरिएको छ।गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठकको उदघाटन गरिएको हो । पार्टी सभापति शेर बहादुर देउवाले रुखमा पानी हालेर र पानसमा बत्ती बालेर बैठकको उदघाटन गरे ।


-1708064427.jpg)






