News Griha :: न्यूजगृह
सहकारीका समस्या समाधान गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– नेकपा एमालेले सहकारीको समस्या यथाशीघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराएको छ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले नेताहरूले करिब ३२ हजार सहकारी संस्था मध्ये केहीले सिद्धान्त, मूल्य र मान्यता बाहिर गएर गरेको कामले बचतकर्ताहरू समस्यामा परेको भन्दै समाधान गर्न ध्यानाकर्षण गराएका हुन्।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता खगराज अधिकारी र परितोष पौडेलले सरकारले तत्काल ध्यान दिनुपर्ने भनाइ राखे। सहकारी क्षेत्रमा हाल देखिएका समस्या मूलत: प्रणालीले दिएको अवसर माथि टेकेर गरिएको अभ्यासले सृजना भएका भन्दै जनताको बचतको रक्षाको दायित्व सरकारको भएको उनीहरूले बताए।

नेता अधिकारीले सहकारी जनआधारित अर्थतन्त्र भएकाले यसमा आएको सङ्कटलाई सरकारले नदेखेजस्तो गर्न नहुनेमा जोड दिए। उनीहरूका अनुसार सरकारी पक्षको उदासीनता र लापरवाहीले सहकारी अभियानमा देखिँदै गएको समस्या जटिलता तिर बढेको भन्दै त्यसैले सहकारी क्षेत्रलाई यसको सिद्धान्त, मूल्य र मान्यता र निष्ठाअनुसार चलाउनको लागि नीतिगत हस्तक्षेप गर्नु अनिवार्य भएको छ।  

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:३७
Weather Update