News Griha :: न्यूजगृह
पाल्पामा टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु

रामपुर– पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

रूपन्देहीको खैरेनीबाट माथागढी– ५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा सोमबार टिपर दुर्घटना भएको हो। 

दुर्घटनामा रूपन्देहीको तिलोत्तमा नगरपालिका– १६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको दिए मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:३४
Weather Update