News Griha :: न्यूजगृह
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल

आज २०८० फागुन ८ गते मंगलबार। फेब्रुअरी २०, २०२४। ज्योतिषशास्त्र अनुसार तपाईंको दैनिक फल कस्तो छ? थाहा पाउन राशिफल हेर्नुहोस्। 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला। अध्ययन नगरी काम थाल्दा खर्च मात्र हुनेछ। सरसापटमा सञ्चित रकम बाहिरिन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
अर्थअभावले सताउने समय छ। टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर विगतका कमीकमजोरी बाहिरिनाले विश्वास गुम्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
लगानीमा जोखिम बढ्ने समय छ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रतिफल प्राप्त गर्न समय लाग्नेछ र उपलब्धिका लागि धेरै समय लाग्नेछ। स्वास्थ्य कमजोर रहनाले यात्रा कष्टपूर्ण हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। 
समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, 
आम्दानी बढाउने काम सुरु हुनेछ। तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। 

यो तपाईंको राशिको फल भयो। तर तपाईंको भाग्य र नतिजा तपाईंकै मेहनत र परिश्रममा निर्भर गर्नेछ। राशिफल जे जस्तो भए मेहनतका साथ काम गर्नुहोस् सफलता तपाईंकै हुने छ। तपाईंको दिन मङ्गलमय रहोस्, शुभकामना।
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०६:१२
Weather Update